राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ।>
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयीक राजनीति, फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाकाबारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।>
यसअघि प्रधानमन्त्री र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच पनि भेटवार्ता भएको थियो। भेटमा बालेनले अब सरकार जेन-जीको मागअनुसार अगाडि बढ्न प्रधानमन्त्री कार्कीलाई आग्रह गरेका थिए।>>>