सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आर्थिक अनियमितता र पारदर्शिताको अभावले गम्भीर संकट निम्त्याएको छ।>
महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनमा गाउँपालिकामा अनावश्यक बेरुजु रकम उल्लेख गरिएको छ । जसले स्थानीय सरकारको वित्तीय व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ।>
>
गाउँपालिकाले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनमा विभिन्न योजनाहरूमा विनियोजित रकमको सदुपयोग नभएको, खर्च विवरण अस्पष्ट रहेको र पारदर्शिताको कमी देखिएको छ। यसले गाउँपालिकाको नेतृत्वले वित्तीय अनुशासन र जवाफदेहितामा गम्भीर लापरवाही गरेको पुष्टि भएको छ ।>
>
स्थानीयहरुले पालिका अध्यक्ष अजमल अख्तर आजाद मियाको नेतृत्वमा भइरहेको आर्थिक अनियमितता र पारदर्शिताको अभावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले गाउँपालिकाको बजेटको सदुपयोग नभएको, विकास योजनाहरूमा ढिलाइ भएको र जनताको करबाट उठाइएको रकमको दुरुपयोग भएको आरोप लगाएका छन्।>
>
महालेखा परीक्षकको रिपोर्टमा उल्लेखित बेरुजु रकमको स्पष्ट विवरण र त्यसको समाधानका लागि गाउँपालिकाले हालसम्म कुनै ठोस कदम नचालेको देखिन्छ। यसले स्थानीय सरकारको जवाफदेहिता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।>
>
गाउँपालिकाले तत्कालै वित्तीय अनुशासन कायम गर्न र पारदर्शिता सुनिश्चित गर्न ठोस कदम नचालेमा जनताको विश्वास गुम्ने मात्र होइन, विकास योजनाहरूमा थप अवरोध सिर्जना हुने खतरा बढ्दै जाने देखिन्छन् ।>
>