कश्मीरमा भारी वर्षा,६ जनाको मृत्यु

Jasus Khabar 3945+ समाचार ( )
३ भाद्र २०८२

पाकिस्तान प्रशासित कश्मीरमा वर्षाका कारण छजनाको मृत्यु भएको छ भने एक महिला बेपत्ता भएकी छिन्। विपद् व्यवस्थापन प्राधिकरणका अनुसार वर्षामा आठवटा घर पूर्ण रूपमा र ४६ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। वर्षात‍्का कारण यस क्षेत्रका शैक्षिक संस्थाहरू अगस्ट २३ सम्म बन्द रहनेछन्। 

जानकारी अनुसार,एकजना  प्राध्यापक बाढीमा आफ्नो कारसहित बेपत्ता भएकी थिइन्।  उद्धार टोलीले करिब एक घण्टाको प्रयासपछि उनको शव नालीबाट निकालेको थियो। प्राधिकरणको प्रतिवेदन अनुसार रावलकोटमा बाढीका कारण सात घर पूर्णरूपमा र २२ घर आंशिक रूपमा प्रभावित भएका छन्।

नीलम जिल्लामा भारी वर्षाका कारण भएको सडक दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। यसैबिच,भिम्बर जिल्लामा पनि वर्षाका कारण धेरै परिवार प्रभावित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार