सत्ता गठबन्धनको बैठक आज बस्दै

Jasus Khabar 1+ समाचार ( )
२९ पौष २०८०

राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । यही विषयमा आज बस्ने सत्ता गठबन्धनको बैठकबाट निर्णय हुनसक्ने बुझिएको छ । 

प्रतिक्रिया