लागुऔषध चरेससहित एक जना पक्राउ

Jasus Khabar 3945+ समाचार ( )
२३ श्रावण २०८२

जिल्ला प्रहरी कार्यालय बझाङले  गए राती चरेससहित एक जना पक्राउ गरेको छ ।

जयपृथ्बी नगरपालिका ९ चिउडिखान (चौड) बाट बिहीबार राती १०.३० बजेको समयमा चरेससहित एक जानलाई प्रहरीले पक्राउ गरेको  प्रहरी नायब निरीक्षक खग्रेन्द धमलाले बताए। 

शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै डिएसपी धमलाले भने चिउडिखानमा चरेसको कारोबार हुदैछ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाट प्रहरी निरीक्षक लोकेन्द्र बहादुर ठगुन्नाको कमान्डमा खटिएको टोलीले चिउडिखानमा हातमा प्लाष्टिको झोलामा १ केजी ६ सय नब्बे ग्राम चरेस बोक्दै गरेको अवस्थामा सुर्मा गाउँ“पालिका २ घर भएका ३२ का शेर बहादुर बोहरालाई पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

बोहरा सोही ठाउँमा व्यापार गरी लामो समयदेखि बस्दै आएका थिए । उनलाई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।  

प्रतिक्रिया