भैरहवामा अत्यन्तै दुर्लभ र विषालु मानिएको रस्सेल्स भाइपर सर्प फेला परेको छ। यो सर्पको विष हेमोटोक्सिनमा असर गर्ने प्रकारको हुन्छ, जसले रगतको गडबडी, आन्तरिक रक्तस्राव र अन्य गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ। >
विश्वका सबैभन्दा खतरनाक सर्पमध्ये यसलाई ७औं स्थानमा राखिएको छ। नेपालमा पाइने विषालु सर्पमा यो दोस्रो स्थानमा पर्छ। >
यदि समयमै उपचार पाइएन भने यसले मिर्गौलामा गम्भीर असर पुर्याउँछ, जसका कारण मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थासम्म आउन सक्ने चिकित्सकहरू बताउँछन्। >
यो सर्पलाई देख्दा धेरै मानिसहरू अज्ञानतावश अजिंगर वा जुक्किनी सर्प ठान्छन्, तर यसबाट सजग रहनु अति आवश्यक छ।>
यस्तो सर्प कतै देख्नुभयो भने तुरुन्तै सम्पर्क गर्न सर्प विशेषज्ञ वा सर्प उद्धारकर्ताको आग्रह छ। आफैँ समात्ने वा छुन खोज्ने काम नगर्न र घर वरिपरि सफा राखेर सुरक्षित दूरी कायम गर्न उनीहरूको सुझाव छ। रस्सेल्स भाइपर नेपालमा अत्यन्तै कम देखिने गर्छ। मुख्यतः तराईका तातो र सुख्खा क्षेत्रमा पाइने यो सर्प रुपन्देही (भैरहवा वरिपरि), कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा भेटिएको छ। >
नेपाल बाहिर यो सर्प भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड, र दक्षिण–पूर्वी एसियाका केही भागमा पनि पाइन्छ। >
यो प्रायः धानका खेत, घाँसे मैदान, झाडी वरिपरि र घर वरिपरिको खुला ठाउँमा देखिने र साँझ र रातिको समयमा बढी सक्रिय हुने सर्प विशेषज्ञहरूको भनाइ छ।>>