सुनसरी । सशस्त्र प्रहरीले लाैकही सीमा नाकाबाट ठूलो मात्रामा बिस्फोटक पदार्थ पटाका बरामद गरेको छ ।>
आइतबार बिहान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लोैकहीबाट सशस्त्र प्रहरी निरीक्षक मानिस कुमार कटुवालको नेतृत्वमा खटिएको टोलीले ३ लाख मुल्य बराबरको विष्फोटक पदार्थ बरामद गरेको हो । >
>
भारतबाट भन्सार छलेर दैनिक रुपमा नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा बरामद गरिएका अवैध विष्फोटक पदार्थलाई सशस्त्र प्रहरी बल नेपाल हरिपुर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक केदार जङ्ग थापा र कोशी गाउँपालिका-१ का वडा अध्यक्ष सोभित यादवको रोहवरमा नस्ट गरिएको हो ।>
>
सशस्त्र प्रहरीका अनुसार तिहार पर्व नजिकिँदै गर्दा सीमा क्षेत्र हुँदै नेपाल भित्रिने अवैध पटका, आतसबाजी र प्रतिबन्धित वस्तुहरूको नियन्त्रणका लागि चेकजाँच कडाइ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।>
>
>>>