सर्पले टोक्दा जाजरकोटमा बालिकाको मृत्यु

Jasus Khabar 3945+ समाचार ( )
९ आषाढ २०८२

 विषालु सर्पले टोक्दा जाजरकोटमा बालिकाको मृत्यु भएको छ। भेरी नगरपालिका-६ गगटियाका जय बहादुर शाहीकी ८ वर्षीया छोरी दीक्षा शाहीको उपचारको क्रममा मृत्यु भएको हो। 

प्रहरीका अनुसार घरमै सुतिरहेको अवस्था सोमबार बिहान सर्पले टोकेको थियो। सर्पले टोकेपछि बेहोस भएकी उनलाई उपचारका लागि जाजरकोट अस्पताल ल्याइएको थियो। 

गम्भीर अवस्थामा रहेकी ती बालिकाको उपचार गर्दा गर्दै मृत्यु भएको अस्पतालका डाक्टर सुनिल पुनले बताए। ‘विषले धेरै असर गरिसकेको रहेछ। जति कोसिस गर्दा पनि बचाउन सकिएन,’  डा. पुनले भने।


प्रतिक्रिया

सम्बन्धित समाचार