मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले असामाजिक र अराजक तत्वहरुले नेपालमा धार्मिक सहिष्णुता खल्बल्याउने प्रयास गरिरहेको भन्दै त्यसका विरुद्ध सबै एकढिक्का भएर उभिन जरुरी रहेको बताउनुभएको छ ।>
इस्लाम धर्मावलम्वीहरुले मनाउने रमजान पर्वको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले यस्तो बताउनुभएको हो ।>
उहाँले नेपालमा बसिरहेका सबै जातजाति साझा फूलवारी भएको उल्लेख गर्दै कसैले कसैले दुष्प्रयास गर्दैमा मिलेर बसेको समुदाय नखल्बलिने समेत बताउनुभयो ।>
उहाँले नेपालमा रहेका सम्पूर्ण धर्मावलम्वीहरु र जातजातिहरुले मिलेर बसेको सन्देश विश्व समुदायलाई दिन जरुरी रहेको बताउनुभयो ।>
उहाँले भन्नुभयो, ‘सबै जातजाति बसिरहेको साझा फुलवारी देश नेपाल हो । केही व्यक्तिहरुले नेपालमा धार्मिक सहिष्णुता खल्बल्याउने काम गरेको सुनिन्छ । तर यसको विरुद्धमा नेपालको सबै समुदाय एकढिक्का छौं । कुनै तत्वले प्रयास गरेकै आधारमा मिलेर बसिरहेको समुदाय खल्बलिने छैन ।’>
स्लामले सिकाएको पाठका आधारमा सबैलाई आवश्यक सहयोग गर्न समेत उहाँले मुस्लिम समुदायलाई आग्रह गर्नुभयो ।>>