भारतमा आँप बोकेको लरी पल्टिँदा नौ मजदूरको मृत्यु

Jasus Khabar 3945+ समाचार ( )
३० आषाढ २०८२

भारतको आन्ध्र प्रदेशमा आँप बोकेको लरी पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार आन्ध्र प्रदेशको राजधानी अमरावतीबाट ३ सय ८७ किलोमिटर दक्षिण पश्चिममा उक्त लरी दुर्घटनामा परेको हो।

लरीमा ४० टन आँप राखिएको र त्योमाथि २० जना कामदार राखिएका हुँदा दुर्घटनामा परेको प्रहरीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले लेखेका छन्।

लरी पल्टिएपछि आँपका क्रेट कामदारमाथि परेका थिए।

दुर्घटनामा बाँचेका र उद्धार गरिएकाहरूको अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले ओभरलोडका कारण लरी दुर्घटनामा परेको तर लरीका चालकले भने विपरीत दिशाबाट आइरहेको कारमा ठोक्किएर लरी दुर्घटनामा परेको दाबी गरेका छन्।

प्रतिक्रिया