आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Jasus Khabar 3959+ समाचार ( )
८ आषाढ २०८२

 संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका दुई वटा समितिको बैठक आज बस्ने भएको छ।

आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो।

बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ४२ औं बैठक सिंहदरबारमा बस्दैछ। बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा सैद्धान्तिक छलफल गरिने कार्यसूची रहेको छ।

यसैगरी आज विधायन व्यवस्थापन समितिको ८२ औँ बैठक दिनको २ बजे बस्दैछ। बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल गरिनेछ।


प्रतिक्रिया