गायिका एलिना चौहानलाई अश्लील गाली गलौज गर्ने एकजना पक्राउ

Jasus Khabar 3958+ समाचार ( )
१९ आषाढ २०८२

 गायिका एलिना चौहानलाई अश्लील गाली गलौज गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले एलिनालाई कमेन्टमा अश्लील गाली गर्ने चितवन घर भई ललितपुरको बाडेगाउँ बस्ने ३३ वर्षीय गुन्जन राईलाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया