मौद्रिक नीतिको प्रभाव : प्रि ओपन सेसनमा सेयर बजारमा हरियाली

Jasus Khabar 3945+ समाचार ( )
२९ आषाढ २०८२

 नेपाल राष्ट्र बैंकले व्यक्तिगत सेयर धितो कर्जाको सीमा बढाएपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको छ। साताको पहिलो सेयर कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३५.७२ अंकले बढेर २७६७.५३ विन्दुमा अडिएको छ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को  मौद्रिक नीतिले सेयर धितो कर्जा, घरजग्गा र वित्तीय क्षेत्रका लागि खुकुलो नीति ल्याएपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको लगानीकर्ताहरू बताउँछन्। मौद्रिक नीतिमा व्यक्तिगत सेयर धितो कर्जाको सीमा २५ करोड पुर्‍याएको छ। यसअघि यस्तो कर्जाको सीमा १५ करोड थियो

प्रि ओपन सेसनमा १६२ स्क्रिप्सको १ लाख ३६ हजार ७७८ कित्ता सेयर ६ करोड ४७ लाख ४७ हजार ७९३ रुपैयाँमा खरिदबिक्री भए। सेयर कारोबारमा आएकामध्ये १५१ स्टक्सको मूल्य बढ्दा ८ वटाको घट्यो। एक स्टकको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया