सञ्चारमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । घाइतेलाई भेट्न मन्त्री खरेल शुक्रबार टिचिङ अस्पताल पुगेका हुन् ।>
भेटका क्रममा मन्त्री खरेलले घाइतेहरूको स्वास्थ्यलाभको कामना गरे । सो क्रममा मन्त्री खरेलले भने, ‘यो सरकार तपाईंहरूले बगाएको रगतले बनेको हो, देश पनि अहिले बिरामी छ, तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो ।’>>
>>