रेविका खत्रीका लागि न्याय माग्दै सडकमै पठनपाठन

Jasus Khabar 3925+ समाचार ( )
९ जेठ २०८२

तीनकुने घटनामा घाइते भएकी विद्यार्थी रेविका खत्रीका लागि न्याय माग्दै कोटेश्वर बहुमुखी क्याम्पसले सडकमै पठनपाठन गरेको छ ।

गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनमा प्रहरीको गोली लागेर उदयपुरकी २२ वर्षीया रेविका खत्री घाइते भएकी थिइन् । पछिल्लो समय उनको अवस्था झन् गम्भीर बन्दै गएको र सरकारले पनि बेवास्ता गरेको भन्दै कोटेश्वरका विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन् । 

bc677134-af3f-43de-9418-769bb9a138bb-1747896431.jpg

प्रदर्शनकै सिलसिलामा बिहीबार क्याम्पसका विद्यार्थी र शिक्षक मिलेर सडकमै पठनपाठन गरेर प्रदर्शन गरेका हुन् ।  ‘रेविका बहिनीको स्वास्थ्य अवस्था खस्किँदै गरेको, सरकारले पनि बेवास्ता गरेकाले हामी निरन्तर आन्दोलनमा छौँ,’ क्याम्पसका स्ववियु सभापति सञ्जय बुढाथोकीले भने, ‘उनको परिवारले अहिलेसम्म ७ लाख रुपैयाँ उपचारमा खर्च गरिसकेको छ । त्यसैले अब राज्यले नै जिम्मा लिएर विश्वको जुनै कुनामा लगेर पनि उपचार गराउनुपर्छ ।’

प्रतिक्रिया