जनकपुरमा होली खेल्ने क्रममा छुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ।>
जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीमा छुरी प्रहारबाट स्थानीय पप्पु यादवका छोरा १९ वर्षीय आँशु यादवको मृत्यु भएको हो।>
आँशुमाथि छुरी प्रहार गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरेको छ।>
>
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणकुमार सिंहले छुरी हान्ने धर्मेन्द्रलाई पक्राउ गरिएको जानकारी दिए।>>