रुपन्देहीमा एक जना युवक मृत भेटिएका छन् । तिलोत्तमा नगरपालिका-२, शंकरनगरका २० वर्षीय गोपाल टण्डन मृत फेला परेका हुन् ।>
शनिबारदेखि बेपत्ता भएका टण्डन सोमबार बिहान बुटवल- ११ स्थित सडकको बीचमा हाइटेन्सन लाइनलाई हटाएर मोनोपोल जडान गर्न बनाइएको खाल्डोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए । उनका अनुसार टण्डनको मोटरसाइल दुर्घटनामा परेर मृत्यु भएको हो । >
शनिबार राति टण्डन सवार लु४८प ३१७० नम्बरको मोटरसाइकल बुटवल विद्युत्को पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । टण्डनको शवसँगै मोटरसाइल पनि खाल्डोमा भेटिएको डीएसपी कार्कीले बताए । सोमबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । >>