नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको उत्तराखण्डमा गएको पहिरोले पुर्याएको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत दु:ख व्यक्त गरेका हुन् ।>
प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यमा बाढीले निम्त्याएको जनधनको ठूलो क्षतिले मर्माहत बनाएको छ । बाढीमा १८ जना नेपाली नागरिकसहित दर्जनौं भारतीय नागरिक बेपत्ता भएको यो दुःखद क्षणमा हामी भारत सरकार र भारतीय जनताको साथमा छौँ ।’>
उत्तराखण्डका उत्तरकाशी जिल्लास्थित धराली बजारमा मंगलबार दिउँसो साढे १ बजे एक्कासि बाढी आउँदा चार जनाको मृत्य हुनुका साथै ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । सो बाढीमा परेर बेपत्ता हुनेहरूमा कम्तिमा १७ जना नेपाली पनि रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् ।>
चारधाम जाने बाटोमा पर्ने धराली बजारमा नेपालीहरू रोजगारीको सिलसिलामा पुग्ने गर्छन् । मंगलबारको बाढीमा बेपत्ता हुनेहरूमा जाजरकोटको कुशे गाउँपालिकाका १३ जना रहेको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले बिहीबार जनाएको थियो । >>