नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले सोमबार उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल गरेका थिए।>
उक्त छलफलको निष्कर्षलाई सभापति शेरबहादुर देउवालाई सुनाउन उनीहरूले मंगलबार देउवालाई भेट्न बूढानीलकण्ठ स्थित उनका निवासमा पुगेका छन्।>
नेपाली कांग्रेस र नेकपा एमाले बीच २०८१ असार १७ गते भएको ७ बुँदे सहमति अनुसार, सरकारको कार्यप्रणाली गठबन्धनको भावना अनुरूप अगाडि बढाउनु र संविधान संशोधनका विषयलाई प्राथमिकता दिनुपर्ने कुरा प्रमुख छलफलका बुँदा थिए।>
उपप्रधानमन्त्री सिंहसहित अन्य नेताहरू, जसमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत छलफलमा सहभागी भएका छन् ।>>