सुनसरी । फरार अभियुक्तलाई संरक्षण दिएको आरोप लागिरहेका हरिनगर गाउँपालिका-१ का वडा सदस्य जमिल अन्सारी विरुद्ध थप गम्भीर दाबी सार्वजनिक भएका छन्।>
पीडित पक्ष र स्थानीय स्रोतहरूको भनाइ अनुसार उनले विगत लामो समयदेखि विभिन्न आपराधिक मुद्दा मिलाइदिने भन्दै आरोपित तथा पीडक पक्षसँग आर्थिक लेनदेन गर्दै आएको आरोप लगाइएको छ।>
>
स्थानीयहरूका अनुसार उनीमाथि मुद्दा मिलानको नाममा रकम उठाउने, प्रहरीको कारबाहीबाट जोगाइदिने आश्वासन दिने र प्रभाव प्रयोग गर्ने जस्ता गतिविधिमा संलग्न रहेको शंका व्यक्त गरिएको छ।>
यस विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीका स्रोतहरूले भने आरोपबारे जानकारी संकलन भइरहेको र आवश्यक परे छानबिन अघि बढाइने बताएका छन्। प्रहरीका अनुसार प्रमाण भेटिए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।>
>
>
उक्त विवाद सार्वजनिक भएपछि सुनसरी जिल्लामा स्थानीय स्तरमा चासो र चर्चा बढेको छ।>
नागरिक समाजका प्रतिनिधिहरूले घटनाबारे निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।>
>
प्रहरीले भने हालसम्म कसैलाई दोषी ठहर नगरी अनुसन्धान प्रक्रियालाई प्राथमिकता दिइरहेको जनाएको छ।>
>
रुबी खातुनको शंकास्पद मृत्यु प्रकरणमा पीडित पक्षले सदस्य जमिल अन्सारीले फरार अभियुक्तलाई लुकाएर राखेको दाबी गरेका छन्। उनका अनुसार फरार रहेकी जुलेखा खातुनलाई आफन्तको घरमा लुकाइएको छ।>
>
पीडित परिवार मृतकका ठुलो बुवा इकबाल अन्सारीले वडा सदस्य अन्सारीले ठूलो रकम लेनदेन गरी अभियुक्तलाई जोगाउन प्रयास गरेको आरोपसमेत लगाएका छन्। >
>