आइतबार गाजामा पानी वितरण केन्द्रमा पानी थापिरहेका १० जनाको इजरायली आक्रमणमा ज्यान गएको छ।>
यसरी ज्यान गुमाउनेमा ६ जना बालबालिका समेत छन्। अहिले कतारको दोहामा हमास र इजरायलको बीचमा वार्ता भइरहेको छ। वार्ताको बीचमा दुवै पक्षले एक आपसमा युद्ध विरामको मापदण्ड नटेरेको आरोप लागिरहेको छ।>
प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अन्तरालमा १३९ शव अस्पतालमा लगिएका छन्। २ जुलाईपछि यो सङ्ख्या सबै भन्दा धेरै हो।>
७ अक्टोबरमा २०२३ हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलमा गाजामा आक्रमण सुरु गरेको थियो। त्यसयता ५८ हजार २६ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।>
पानी बोकेर हिँडिरहेका धेरै बालबालिका घाइते भएको तथा रुवावासी भएको दृश्य सार्वजनिक भइरहेको छ। इजरायलले भने आतङ्कवादी भनेर गरिएको आक्रमण गलत स्थानमा परेको जनाएको छ।>
आइतबार नै केन्द्रीय गाजाको भीडमा भएको आक्रमणमा १२ जनाको ज्यान जानुका साथै ४० जना घाइते भएका छन्।>>