विराटनगर । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनस्थापनाका लागि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ । काेशी प्रदेश मधेश प्रदेश र बागमती प्रदेशका ३१ जिल्लामा नागरिककाे घरदैलाेमा पुगेर वित्तीय सेवा प्रवाह गर्दै आएकाे जीवन विकासले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।>
जीवन विकासमा कार्यरत कर्मचारीहरूले एक दिनको पारिश्रमिक र संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत २५ लाख ५ हजार रुपैयाँ काेषमा जम्मा गरिएकाे संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।>
>
'विपद्को कठिन घडीमा सामाजिक उत्तरदायित्व अन्तरगत हामीले सहयोग गरेका हौं,' सिइओ मण्डलले भने, 'हाम्रो सानो सहयोगले बाढीबाट विस्थापित र प्रभावित हुनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूको दैनिक जीवनयापनमा केही राहत पुग्ने विश्वास लिएका छौं ।'>
>
संस्थाले गत भदौ १० गते आएको भीषण बाढीले पुर्याएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । बाढीका कारण ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संस्थाले शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी समवेदना समेत प्रकट गरेको छ ।>
>
मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्तले हाल कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा ग्रामीण क्षेत्रका नागरिकको घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।>
>