थाइल्यान्डबाट मुम्बई आएका एक भारतीय नागरिकले दर्जनौं विषालु सर्प तस्करी गरेको भन्सार अधिकारीहरूले बताएका छन्।>
४४ इन्डोनेसियाली पिट भाइपरसहितका सर्पहरू ‘चेक–इन ब्यागेजमा लुकाएर राखिएको’ मुम्बई भन्सार कार्यालयले आइतबार राति विज्ञप्तिमार्फत जनाएको छ। ‘थाइल्यान्डबाट आएका एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ,’ भन्सार कार्यालयले भनेको छ। >
ती व्यक्तिसँग तीन स्पाइडर–टेल्ड हर्न्ड भाइपर र पाँच एसियाली कछुवा पनि थिए। यी भाइपर विषालु छन् तर सामान्यतया चरालगायत साना जीवलाई मात्र शिकार गर्छन्।>
मुम्बई भन्सारले जफत गरिएका सर्पहरूको तस्बिर सार्वजनिक गरेको छ, जसमा बाल्टिनमा घुमिरहेका नीलो र पहेँलो सर्पहरू देखिन्छन्। मुम्बईमा सर्प तस्करी असामान्य मानिन्छ। भन्सारले प्रायः तस्करीको सुन, नगद, गाँजा वा कोकेनका गोली जफत गर्छ।>
यसअघि फेब्रुअरीमा मुम्बई विमानस्थलमा इन्डोनेसिया, मलेसिया र थाइल्यान्डको जंगलमा पाइने पाँच सियामाङ गिब्बनसहित एक तस्कर पक्राउ परेका थिए।>
इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचरले खतरामा परेका ती साना बाँदरहरूलाई ‘ट्रली ब्यागको प्लास्टिक टोकरीमा चलाखीपूर्वक लुकाएर’ राखिएको भन्सारले जनाएको थियो।>
नोभेम्बरमा १२ कछुवा र एक महिनाअघि चार हर्नबिल चरा बोकेका यात्रु पक्राउ परेका थिए। सेप्टेम्बरमा, अलिगेटर परिवारका पाँच किशोर कैमन्ससहित दुई यात्रु पक्राउ परेका थिए। एएफपी>>