इटहरीमा बालविवाह गर्न लागिएको सूचनाका आधारमा प्रहरीले बेहुला, बेहुली, उनीहरूका बुवा र विवाह गराउने पण्डितलाई पक्राउ गरेको छ।>
सोमबार दिउँसो इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–९ स्थित राधाकृष्ण मन्दिरबाट विवाहको तयारी भइरहेका बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।>
पक्राउ पर्नेमा २८ वर्षीय बेहुला उपेश नेपाल, १८ वर्षीया बेहुली, बेहुलाका बुवा ढुण्डिराज नेपाल, बेहुलीका बुवा दिनेश कुमार दाहाल र विवाह गराउने ४५ वर्षीय पण्डित दिनेश कुमार भट्टराईलाई नियन्त्रणमा लिएको हो।>
राधाकृष्ण मन्दिरमा विवाहको तयारी भइरहेका बेला नगर बाल सञ्जाल इटहरीमार्फत खबर पाएपछि प्रहरीले मन्दिर पुगेर विवाह रोकेको हो।>
>
पक्राउ परेकाहरूमाथि बालविवाह सम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए।>
>
नेपालको कानुनअनुसार विवाहका लागि केटीको उमेर कम्तीमा २० वर्ष हुनुपर्छ । तर बेहुली १८ वर्ष मात्र रहेकाले बालविवाह रोकिएको प्रहरीले जनाएको छ।>
>>