शङ्कर पोखरेललाई जवाफः ‘तपाईँहरू आफ्नै भूलबाट नसिक्ने मूर्ख’

Jasus Khabar 3959+ समाचार ( )
३० भाद्र २०८२

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले डा. भेषबहादुर थापाको राष्ट्र–परराष्ट्र  पढेपछि उठाएका प्रश्नको जवाफ पाठकहरूले  व्याख्यात्मक ढङ्गबाट दिएका छन्। 

‘भूतकालमा धेरै भूलहरू भएका हुन सक्छन्। त्यसैलाई केलाउँदै कसैलाई दोषी देखाई रहनुभन्दा त्यसबाट पाठ सिक्नुपर्छ,’ भेषवहादुर थापालाई उद्धृत गर्दे उनले लेखेका छन्, ‘ बुद्धिमान व्यक्ति अरूको भूलबाट सिक्छन्, मध्यम खालका भने आफ्नै भूल गरेपछि मात्र सिक्छन्। अनि आफ्नै भूलबाट नसिक्ने मूर्ख मानिन्छन्।’

यस्तोमा पाठकहरूको पनि रमाइलो प्रतिक्रिया आएका छन्। कसैले एमाले चाहिँ यो मध्ये कुन वर्गमा पर्‍यो भनेर सोधेका छन् भने कसैले आन्दोलनले मुलुक जलिरहँदा किताब पढ्दै गरेको भन्दै आलोचना गरेका छन् । 

‘तपाईँहरू सबै आफ्नै भूलबाट नसिक्ने मूर्खहरूमा पर्नुहुन्छ,’ उनको लेखमा क्षितिज सुवेदीले प्रतिक्रिया दिएका छन्, ‘अहिले भएको त्यही हो, जुन ढिलो नै सही हुनुपर्ने भएको हो।’ 

जेन–जी आन्दोलनको क्रममा पढ्न नपाएका पुस्तक पढ्न मिलेको बताएका छन्। उनले त्यस क्रममा डा. भेषबहादुर थापाको राष्ट्र–परराष्ट्र पढ्ने मौका पनि मिल्यो भन्दै त्यसका केही बुँदाहरू सामाजिक सञ्जालमा सेयर गरेका हुन्।

प्रतिक्रिया