गायिका अस्मिता अधिकारी अमेरिका लागिन्

Jasus Khabar 3970+ समाचार ( )
२१ श्रावण २०८२

चर्चित गायिका अस्मिता अधिकारी सांगेतिक टुरका लागि अमेरिका प्रस्थान गरेकी छिन्। सामाजिक सञ्जालमार्फत उनले आफ्ना फ्यानहरूलाई यसबारे जानकारी गराएकी हुन्। 

उनले पति महेश काफ्लेसँगको तस्बिर साझेदार गर्दै अगस्टदेखि अक्टोबरसम्म विभिन्न २० भन्दा बढी सहरमा प्रस्तुति रहने जानकारी गराएकी छिन्। 

उनले यस पटक चाडपर्व रमाइलो गर्दै सँगै मनाउने बताउँदै अमेरिकामा भएका आफ्ना फ्यानहरूलाई निम्ता पनि दिएकी छिन्। 

प्रतिक्रिया