कीर्तिपुरस्थित त्रिवि मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन स्तरोन्नतिको काम भइरहेको छ । मैदानमा प्यारापिट सिट जडान कार्य भएको छ ।>
रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो ।>
>
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई ३०० दिनभित्र प्यारापिट, फ्लड लाइटसहितको रंगशाला बनाउने निर्णय गरेको थियो ।>
>
प्रधानमन्त्री ओलीले एक महिना अघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेका थिए ।>
>
प्रधानमन्त्री ओलीले प्यारापिट र फ्लड लाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेकोमा गम्भीर चासो व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीसँग छलफल गर्दै दुई महिनाभित्र काम सक्न निर्देशन दिएका थिए ।>






>
>>