पूर्वपश्चिम राजमार्गमा दुई वटा सवारी साधन एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलमा ठोक्किएर ३ जनाको मृत्यु र १५ जना घाइते भएको जानकारी दिए । >
घाइतेहरुको उद्धार गरी अस्पतालमा पठाइएको छ । खतिवडाले बस चालकलाई नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।>
>>>>>