वैदेशिक सहयोगबिना देशको तीव्र विकास सम्भव छैन : पूर्वअर्थमन्त्री आचार्य

Jasus Khabar 3945+ समाचार ( )
१९ आषाढ २०८२

नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले वैदेशिक सहयोगबिना देशको तीव्र विकास सम्भव नहुने दाबी गरेका छन्। उनले भने, 'आन्तरिक स्रोतले मात्रै तीव्र विकासका लागि आवश्यक पर्ने रकम नपुग्ने भएकाले वैदेशिक सहयोग तथा अनुदान लिएर विकास गर्नुपर्ने आवश्यकता छ।'

काठमाडौंमा आयोजित कार्यक्रममा नेता आचार्यले विगतमा वैदेशिक सहयोग तथा अनुदानको विरोधकै कारण देश पछाडि परेको दाबी गरेका हुन्।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा आयोजित सो कार्यक्रममा उनले कोइरालाको नेतृत्वमा नेपालको अर्थतन्त्रले नयाँ दिशा पाएको उल्लेख गरे। उनले भने, 'गिरिजाबाबुको पालामा हामीले निजी क्षेत्रलाई थप जिम्मेवारी दियौँ र सरकारले अत्यावश्यक सेवा तथा नियमनको भूमिकामा केन्द्रित भयो। अहिले सबै दलहरूले यही नीति अनुशरण गरिरहेका छन्।'

प्रतिक्रिया