पुँजीबजार सुधारका लागि कार्यदल गठन

Jasus Khabar 3958+ समाचार ( )
३ अशोज २०८२

 पुँजीबजारको समस्या पहिचान गरी सुधारका लागि सुझाव दिने गरी अर्थमन्त्री रामेश्वर खनालले चार सदस्यीय कार्यदल गठन गरेका छन्। 

पुँजी बजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना निर्माण गर्न कार्यदल गठन गरिएको हो। 

कार्यदलले ५ दिनभित्र कार्ययोजना प्रस्तुत गर्ने छ। धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा निर्माण भएको कार्यदलको सदस्यमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्जका कामु कार्यकारी निर्देशक निरन्जन फूयाँल र सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव टंक प्रसाद पाण्डेय रहेका छन्। 

प्रतिक्रिया