सहसचिव सेवा लम्साल सचिवमा बढुवा भएकी छन् । बिहीबार मन्त्रिपरिषद् बैठकले लम्साललाई सचिवमा बढुवा गरेको हो ।
>
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव लम्सालको एकल नाम सिफारिस गरेकोमा मन्त्री परिषद्ले बढुवाको निर्णय गरेको हो ।
>
परराष्ट्र सचिव भरतराज पौड्याल राजदूतमा सिफारिससँगै परराष्ट्र सचिवको पद खाली भएको थियो । लम्साल परराष्ट्र सचिव बन्ने पहिलो महिला हुनुहुन्छ ।
>
>>