स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा झरेको छ। त्यस्तै, चाँदी प्रतितोला दुई हजार ३०५ रुपैयाँमा कारोबार भएको छ।>
>
सोमबार छापावाला सुन प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार सुनको मूल्य प्रतितोला १३०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ।>>