काठमाडौं महानगरले आज बजेट ल्याउँदै

Jasus Khabar 3925+ समाचार ( )
२९ आषाढ २०८२

काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउने भएको छ ।

गत शुक्रबार बसेको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार बजेट ल्याउन लागिएको हो ।

बजेट प्रयोजनका लागि दिउँसो २ बजे नगरसभा बैठक बोलाइएको छ । नगरसभा अघि बिहान ११ बजे कार्यपालिका बैठक बस्नेछ ।

शुक्रबार महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षातामा बसेको कार्यपालिका बैठक एक मिनेटमै सकिएको थियो ।

आज (आइतबार)का लागि कार्यपालिका बैठकको घोषणा गर्दै महानगर प्रमुख साह बैठक कक्षबाट बाहिरिएका थिए ।

राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२–०८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ ।

प्रतिक्रिया