स्वदेश फर्किँदै नेपाली महिला क्रिकेट टोली

Jasus Khabar 3945+ समाचार ( )
८ जेठ २०८२

 आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा आफ्नो स्थान सुनिश्चित गरेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदैछ ।

नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायर्समा पुगेको हो । टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गर्दै ग्लोबल छनोटमा स्थान बनाएको थियो।

नेपाल पहिलो पटक महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो ।

ग्लोबल क्वालिफायर्सका शीर्ष चार टोलीहरू इङ्गल्याण्ड र वेल्समा सन् २०२६ जुन १२ देखि जुलाई ५ सम्म आयोजना हुने महिला टी–२० आई विश्वकपमा स्थान बनाउने छ । ग्लोबल छनोटमा कुल १० राष्ट्रबीच विश्वकप प्रवेशको लागि प्रतिस्पर्धा हुनेछ ।

विश्वकपमा आयोजक टोली इङ्गल्याण्डसहित अष्ट्रेलिया, भारत, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, पाकिस्तान र श्रीलंका सिधै छनोट भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार