गाजामा भएको आक्रमणमा हमासका नौसेना कमाण्डरको मृत्यु

Jasus Khabar 3925+ समाचार ( )
२३ आषाढ २०८२

इजरायली सेनाले उत्तरी गाजाको समुद्र तट क्याफेमा भएको आक्रमणमा हमासका नौसेना कमाण्डरको मृत्यु भएको बताएको छ। यस आक्रमणमा केही नागरिक पनि मारिएका छन्।

सोमबार गाजाको अल–बका क्याफेमा भएको आक्रमणपछि गाजा र विदेशमा रहेका परिवारका सदस्यले हताहतको संख्या धेरै भएको  बीबीसीले उल्लेख गरेको छ।  

इजरायली रक्षा बल (आईडीएफ)ले आइतबार बताएअनुसार आक्रमणमा नौसेना कमाण्डर रामजी रमजान अब्द अली सालेह, हमासको मोर्टार युनिटका उपप्रमुख हिशाम अयमान अतिया मन्सुर र निसिम मुहम्मद सुलेमान अबु सबाहको मृत्यु भएको छ।

आईडीएफले सालेह हमासको समुद्री आक्रमण योजना बनाउन र सञ्चालन गर्नमा संलग्न रहेको बताएको छ।

गाजास्थित स्रोतले बीबीसीलाई बताएअनुसार आक्रमणको समयमा हमासका एक वरिष्ठ कमाण्डर क्याफेमा रहेको हल्ला चलेको थियो।

बीबीसीले क्याफे आक्रमणमा मारिएका २९ जनाको नाम पुष्टि गरेको छ। यसमा कम्तीमा नौ जना महिला र बालबालिका पनि छन्।

प्रतिक्रिया