धनकुटामा गाईजात्रा मनाउने क्रममा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।>
गाइजात्रा मनाउन धनकुटा सदमुकाम जाने क्रममा धनकुटा नगरपालिका- ८ स्थित टेकुनालामा बा २ च २३०९ नम्बरको पिकअप भ्यान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।>
कार्यालयका अनुसार दुर्घटनामा परेकामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । घटना भएसँगै उद्धार टोलीले घाइतेहरूलाई जिल्ला अस्पताल धनकुटामा उपचारका लागि भर्ना गरेका छन् ।>
अस्पतालमा घाइतेका परिवार सदस्य तथा विभिन्न समुदायका मानिसहरुको उपस्थिति बाक्लो रहेको छ ।>
उपचारका लागि अस्पतालमा पुराइएकामध्ये गम्भीर घाइते भएकाहरूलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।>>