काठमाडौं : प्रधानमन्त्री सुशिला कार्कीको एक सार्वजनिक अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेपछि मुस्लिम समुदायले कडा आपत्ति जनाएको छ । पूर्ण सन्दर्भबिनै सम्पादित जस्तो देखिने उक्त भिडियो मंगलबारबाट सामाजिक सञ्जालमा फैलिएको थियो । प्रमुख सञ्चारमाध्यमहरूले समेत उक्त क्लिपलाई आधार बनाएर समाचार प्रसारण गरे पनि प्रधानमन्त्री कार्यालयले कुनै स्पष्ट प्रतिक्रिया नदिएपछि मुस्लिम समुदायले त्यसलाई ‘प्रधानमन्त्रीको आधिकारिक धारणा’ मानिएको भन्दै आक्रोश प्रकट गरेको हो ।>
>
पूर्वराज्यमन्त्री तथा संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनले जारी गरेको प्रेस वक्तव्यमा प्रधानमन्त्रीको उक्त अभिव्यक्ति “निराधार, कपोलकल्पित, भ्रामक र सामाजिक सद्भाव खल्बल्याउने” प्रकृतिको रहेको उल्लेख छ । प्रधानमन्त्री जस्तो संवैधानिक पदमा बसेको व्यक्तिले कुनै धर्म वा समुदायलाई लक्षित गर्दै गलत तथ्य प्रस्तुत गर्नु अस्वीकार्य र गैरजिम्मेवार रहेको हुसैनको टिप्पणी छ ।>
वक्तव्यमा प्रधानमन्त्रीको टिप्पणी देशको संवेदनशील वातावरणलाई थप तनावतर्फ उन्मुख गराउने भन्दै आलोचना गरिएको छ ।>
>
“हिन्दु–मुस्लिमबीचको विषयमा सही–गलत ठहर गर्ने अधिकार प्रधानमन्त्रीको होइन । इस्लाम, मुसलमान र महिलासम्बन्धी ऐतिहासिक तथ्यहरू उल्ट्याएर प्रस्तुत गर्नुले धार्मिक सहिष्णुता कमजोर पार्न सक्छ,” हुसैनले उल्लेख गरेका छन् ।>
>
भिडियो क्लिपमा रहेको ‘अन्यायको निराकरण आर्यसँग छ, मुसलमानसँग छैन’ भन्ने अभिव्यक्तिले मुस्लिम समुदायमाथि अनुचित र पूर्वाग्रहपूर्ण आरोप लगेको भन्दै आपत्ति जनाइएको छ ।>
हिन्दु–मुस्लिमबीचको विषयमा सही–गलत ठहर गर्ने अधिकार प्रधानमन्त्रीको होइन । इस्लाम, मुसलमान र महिलासम्बन्धी ऐतिहासिक तथ्यहरू उल्ट्याएर प्रस्तुत गर्नुले धार्मिक सहिष्णुता कमजोर पार्न सक्छ,” हुसैनले उल्लेख गरेका छन् ।>
>
भिडियो क्लिपमा रहेको ‘अन्यायको निराकरण आर्यसँग छ, मुसलमानसँग छैन’ भन्ने अभिव्यक्तिले मुस्लिम समुदायमाथि अनुचित र पूर्वाग्रहपूर्ण आरोप लगेको भन्दै आपत्ति जनाइएको छ ।>
>
प्रधानमन्त्रीको अभिव्यक्ति ऐतिहासिक रूपमा पनि गलत भएको हुसैनको तर्क छ । उनले प्रतिप्रश्न गर्दै भनेका छन्, “कुन मुस्लिम राष्ट्रमा महिलालाई जिउँदै गाडिन्छ? बरु, यहाँ नै जिउँदै जलाएर मारिएका वा बलात्कारपछि हत्या गरिएका महिलाको घटना बारम्बार देखिन्छ ।”>
प्रधानमन्त्रीको अभिव्यक्ति ऐतिहासिक रूपमा पनि गलत भएको हुसैनको तर्क छ । उनले प्रतिप्रश्न गर्दै भनेका छन्, “कुन मुस्लिम राष्ट्रमा महिलालाई जिउँदै गाडिन्छ? बरु, यहाँ नै जिउँदै जलाएर मारिएका वा बलात्कारपछि हत्या गरिएका महिलाको घटना बारम्बार देखिन्छ ।”>
>
उनका अनुसार इस्लाम आगमनअघि अरबमा प्रचलित अमानवीय परम्पराको अन्त्य पैगम्बर मुहम्मदले गरेका थिए, जसमा छोरीलाई जिउँदै गाड्ने प्रथा, सतिप्रथा र दास–दासीमाथिको दमन प्रमुख थिए ।>
>
भारतमा समेत मुस्लिम शासकहरूले सतिप्रथाको अन्त्यमा महत्वपूर्ण भूमिका खेलेको ऐतिहासिक तथ्य स्मरण गर्दै उनले प्रधानमन्त्रीको टिप्पणीलाई “अध्ययनबिहीन र पूर्वाग्रहयुक्त” बताए ।हुसैनले मुस्लिम समाजले महिलालाई शिक्षाबाट वञ्चित गर्छ भन्ने आरोप वास्तविकतासँग मेल नखाने उल्लेख गरेका छन् ।>
>
“आजका अरब मुलुकमा सरकारी तथा निजी क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय छ । नेपालमा पनि मुस्लिम बालिकाको विद्यालय उपस्थिति अन्य समुदायभन्दा कम छैन,” वक्तव्यमा भनिएको छ ।>
>
नेपालको सामाजिक सद्भाव, सहिष्णुता र धार्मिक सहअस्तित्व विश्वकै उदाहरणीय मूल्य भएको उल्लेख गर्दै हुसैनले यसलाई कमजोर पार्ने हरेक प्रयास अस्वीकार्य हुने चेतावनी दिएका छ न् >
नेपाली मुस्लिम समुदायको हिन्दू वा अन्य धर्मसँग कुनै समस्या छैन । हाम्रो समाज सहअस्तित्व र परस्पर सम्मानमा आधारित छ,” वक्तव्यमा उल्लेख छ ।>
>
वक्तव्यमा प्रधानमन्त्री कार्कीले मुस्लिम समुदाय तथा महिलाको अधिकारबारे चिन्ता व्यक्त गर्ने भए मन्त्रिमण्डलमै मुस्लिम समुदायका योग्य प्रतिनिधिलाई समेटिनुपर्ने तर्क गरिएको छ ।>
“के देशमा मन्त्री बन्न योग्य कुनै पनि नेपाली मुसलमान छैन?” हुसैनले प्रश्न गरेका छन् ।>
>
वक्तव्यको अन्त्यमा उनले प्रधानमन्त्री सुशिला कार्कीलाई विवादित अभिव्यक्ति तुरुन्त फिर्ता लिन आग्रह गरेका छन् ।>
धार्मिक आस्थामाथि चोट पुर्याउने अभिव्यक्ति कार्यकारी प्रमुखबाट आउनु निन्दनीय छ । मुस्लिम समुदाय शान्ति, स्थायित्व र सद्भावप्रति प्रतिबद्ध छ । त्यसैले भ्रामक टिप्पणी तत्काल फिर्ता लिनुपर्छ,” वक्तव्यमा उल्लेख छ ।>>