गगन थापाले भने- हाम्रै गल्तीले यो सबै भयो, समाधान संविधानबाटै खोजौँ

Jasus Khabar 3925+ समाचार ( )
२६ भाद्र २०८२

 नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिहीबार बिहान एक भावुक भिडियो सन्देश जारी गर्दैआफू पछिल्ला घटनाक्रममा आफूसहित सत्तारूढ दलहरूबाट गल्ती भएको स्वीकार गरेका छन्। अहिलेको विजय पश्चातापमा नबदिलिओस् भनी उनले सबैसँग अनुरोध पनि गरेका छन्।

उनले आफूले सामाजिक सञ्जाल बन्द नगर्न धेरै प्रयास गर्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नसुनेको पनि बताए।

‘म अहिले पार्टीको नेताका रूपमा बोलिरहेको छैन, म अब पछाडिको सिटमा बस्छु, संविधानबाटै समाधान खोजौँ,’ उनले भनेका छन्।

उनले जेनजी पुस्तासँग अहिलेको विषम परिस्थितिलाई सम्हालेर लैजानुपर्ने उल्लेख गर्दै सन्तुलन मिलाएर अघि बढ्नुपर्ने बताएका छन्।

उनले पटकपटक आफ्नो गल्तीका लागि माफी माग्दै भनेका छन्। ‘म सुध्रिने बाचा गर्छु, अहिलेको विषम परिस्थितिलाई सम्हाल्नुस्, हामी मिलेर सम्हालौँ, उनले भनेका छन्।

उनले चिनिएकै पार्टीका मान्छेहरू र मास्क ढाकेका मान्छेले आफ्नो घर जलाएको र केही सहृदयीहरूले आफू र आफ्ना वृद्ध बुवाआमा र परिवारलाई बचाएको भन्दै धन्यवाद पनि दिएका छन्।

प्रतिक्रिया