जयेन्दु बालसुधार गृहबाट भागेका १५ जना बालबन्दी आफैं फर्किए

Jasus Khabar 3925+ समाचार ( )
२६ भाद्र २०८२

 बाँकेको डुडुवास्थित जयेन्दु बालसुधार गृहबाट हिजो दिउँसो भागेका बालबन्दीमध्ये १५ जना आफैं फर्किएका छन्।

दिउँसो करिब सवा दुई बजे भागेका १ सय १० जनामध्ये १५ जना स्वेच्छाले फर्किएका हुन् भने एक दर्जन बालबन्दीलाई नेपालगन्ज–९ मा पुग्दा प्रहरीले नियन्त्रणमा लिएको छ।

ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्

हालसम्म ९५ जना बालबन्दी सम्पर्कमा नरहेको बालसुधार गृहले जनाएको छ। भागेर फर्किएकालाई प्रशासनले छुट्टै राखेको छ भने प्रहरीले समातेको तथ्यांक अझै बालसुधार गृहलाई उपलब्ध गराएको छैन।

बालसुधार गृहमा २ सय २८ जना बालबन्दी राखिएका थिए। त्यसमध्ये उत्शृंखल ९ जनालाई प्रहरीले हिरासतमा राखेर थप मुद्दा दर्ता गरेको छ।

जेन-जी आन्दोलनका क्रममा देशभर कैदीबन्दी भाग्ने घटनाहरू बढेसँगै यहाँका बालबन्दी पनि भागेका थिए।

सीमा नजिकै भएकाले उनीहरू भारततर्फ प्रवेश गर्ने प्रबल सम्भावना रहेको सुरक्षा निकायले जनाएको छ। तर, भारतले नाकामा कडाइ गरेकाले भागेका बालबन्दी त्यहाँ प्रवेश गर्न नसकेको बताइएको छ।

प्रतिक्रिया