जासुस खबर सामादाता सुनसरी >
सुनसरी नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल तरुण दल, सुनसरी क्षेत्र नं. ४ को पाँचौ अधिवेशनबाट क्षेत्रीय सभापति पदमा पुन सुनसरी जिल्ला क्रिकेट संघका प्रवक्ता समेत रहेका अफजल हुसेन चयन भएका छन् ।>
>
यसैगरी प्रदेश सभा क्षेत्र नं. ४ (क) को अध्यक्षमा मनिष राई, ४ (ख) को अध्यक्षमा जमालुद्दिन मन्सुरी चयन भएका छन् ।>
>
संगठनला थप प्रभावकारी बनाउनको अफजललाई सभापतिमा मनोनित गरिएको नेपाल तरुण दल सुनसरीले जनाएको छ। >
>
नेपाल तरुण दल, सुनसरी क्षेत्र नं. ४ को पाँचौ अधिवेशनबाट क्षेत्रीय सचिवमा सत्यनारायण यादव (सत्या) सर्वसम्मत रूपमा चयन हुनुभएको जनाइएको छ ।>
>
नेपाली कांग्रेस क्षेत्रिय कार्य समिति क्षेत्र नं. ४ सुनसरीका सभापति ऐयुब अन्सारी, इनरूवा नगरपालिकाका पूर्व नगर प्रमुख तथा जिल्ला समन्वय समिति सभापति राजन मेहता संयुक्त उपस्थितिमा नेपाल तरुण दल, सुनसरी क्षेत्र नं. ४ को पाँचौ अधिवेशनबाट क्षेत्रीय कार्य समिति सर्वसम्मतिले चयन भएको हो ।>
>
नेपाल तरुण दल, नेपाली कांग्रेस पार्टीको भातृ संगठन हो र यो नेपालको सबैभन्दा पुरानो र प्रभावशाली युवा संगठनहरूमध्ये एक मानिन्छ। यसको स्थापना २०१० सालको कात्तिक महिनामा जननायक बीपी कोइरालाको नेतृत्वमा भएको हो। यसको उद्देश्य राष्ट्रियता, लोकतन्त्र, समाजवाद र युवाहरूको एकता प्रवर्द्धन गर्नु हो। >
>
>
नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल तरुण दल ऐतिहासिक योगदान:>
नेपाल तरुण दलले पञ्चायतकाल, सशस्त्र द्वन्द्व र राजतन्त्रको प्रत्यक्ष शासनकालमा समेत लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। विशेष गरी १९७३–७४ को बीचमा शैलजा आचार्य, भीम बहादुर तामाङ र चक्र प्रसाद बस्तोलाजस्ता नेताहरूको सक्रियतामा तरुण दल पुनर्गठित भएको थियो। >>