‘अध्यक्ष नेपालले पद छाड्नुपर्ने आवाज सचिवालय बैठकमा उठेन’

Jasus Khabar 3925+ समाचार ( )
१३ आषाढ २०८२

पतञ्जली प्रकरणमा मुद्दा लागेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नैतिकताका आधारमा पद छाड्नुपर्ने आवाज सार्वजनिक रुपमा उठे पनि पार्टीभित्र भने त्यस विषयमा सामान्य कुराकानीसमेत नभएको पाइएको छ।

जेठ २२ गते अध्यक्ष नेपाललाई मुुद्दा लागेपछि शुक्रबार पहिलोपटक बसेको पार्टीको औपचारिक बैठकमा उनले पद छाड्नुपर्ने विषयमा कुराकानी नै नभएको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले देश सञ्चारलाई जानकारी दिए।

बैठकमा नेपालले आफूमाथि लागेको मुद्दाका बारेमा बताएका थिए। त्यसपछि सचिवालयका ९ जना सदस्यहरुले धारणा राखेका थिए।

बोल्ने नेताहरुले मुुद्दालाई पार्टीप्रतिको प्रतिशोधका रुपमा आएको बताएको ज्वालाले जानकारी दिए। उनले भने, ‘बैठकमा मुद्दाका बारेमा कुराकानी भयो। तर कसैले पनि अध्यक्षले पद छाड्नुपर्छ भन्ने विषयमा धारणा राख्नु भएन।’

मुद्दा लागेपछि नेपाल बुधबार विशेष अदालत हाजिर भएका थिए। उनलाई ३५ लाख धरौटीमा मुद्दाको पुर्पक्ष गर्न अनुुमति दिएको छ।

प्रतिक्रिया