जासुस संवाददाता । >
एक नेपाली हज्जयात्री हज्जको प्रक्रिया पूरा नगरीकनै नेपाल फिर्ता भएका छन् । हिजो राती एयर अरेबियाको बिमानबाट यमूनामाई गाउँपालिका वडा नं. ३ मलहनिया, रौतहटका ७५ वर्षीय कर्मुल्ला शेख नेपाल आइपुगेका छन् ।>
>
हज्जको प्रक्रिया शुरु नभईकनै उनी हज्ज नगरी नेपाल फिर्ता भएका हुन् । उनी बिरामी भए पछि हज्ज नगरीकनै फर्कने निवेदन गरेपछि नेपाल हज समितिले उनलाई फिर्ता पठाउन व्यवस्था मिलाएको नेपाल हज समितिका कार्यवाहक अध्यक्ष जबुल मियाँले बताए ।>
>
हिजो राति सोही बिमानमा यात्रा गरी नेपाल आएका यात्री लुकमान राइनले पूर्वमन्त्री मोहम्मद जाकिर हुसैनलाई खबर गरेपछि मन्त्री हुसैनले आफन्त र हज समितिका कार्यवाहक अध्यक्षलाई खबर गरेका थिए । कार्यवाहक अध्यक्षले हुसैनलाई भने, ‘उक्त हज यात्रीलाई नेपाल फिर्ता गर्ने प्रक्रिया पूरा गरेर बिमानमा चढाउने र नेपालमा उनका नातेदारलााई खबर गर्ने कार्य भएको छ । अहिले बिहान उनका नातेदारलाई फोन गर्दा फोन न लागेकोले उनीहरु बाटोमा हुन सक्ने सम्भावना देखिन्छ ।’>
>
बिमानका यात्री राइनका अनुसार फिर्ता भएका हज्ज यात्री शेख विक्षिप्त अवस्थामा थिए, बिरामी थिए, बिमानको यात्रा भरि रुँदै आएका थिए । उनले उक्त हज्ज यात्रीलाई बिमान स्थलका अधिकारीको जिम्मा लगाई पूर्वमन्त्री हुसैनलाई खबर गरेका थिए ।>>