पोर्चुगेली स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका छोरा जुनियर क्रिस्टियानो रोनाल्डोलाई पहिलो पटक पोर्चुगलको यू-१५ टिममा समावेश गरिएको छ। >
१४ वर्षीय रोनाल्डो जुनियर हाल आफ्नो बुबासँग अरबको अल नासरमा रहेका छन्। २०२२ मा प्रो लिग क्लबका लागि अरब प्रस्थान गरेका थिए। >
पोर्चुगलका ४० वर्षीय स्टार खेलाडी रोनाल्डोले आफ्नो छोराको नाम पोर्चुगलको टिममा परेपश्चात सामाजिक सञ्जाल छोरासँगको फोटो सार्वजनिक गर्दै ‘तीमीप्रति गर्व छ छोरा’ भन्ने क्याप्सन लेखेका थिए।>
पाँच पटक वालोन डी’ओर उपाधि जितेका रोनाल्डोका छोराले आफ्नो बुबाको पथ पछ्याउन लागेका हुन्। >
रानाल्डो जुनियरको फुटबल करिअर >
आफ्नो बुबाको फुटबल करिअरसँगै उनको करिअर पनि त्यसैको सेरोफेरो नाचीरह्यो। उनले रियल म्याड्रिड, युभेन्टस, म्यानचेस्टर युनाइटेड र हाल अल नासरको एकेडेमीमा फुटबलको प्रशिक्षण लिइरहेका छन्। >
उनले बुबाको फुटबल यात्रासँगै आफ्नो करिअरलाई अगाडि बढाइरहे। >
उनले युवा टिममा रहेर खेलहरु खेलेका थिए। उनले अल नासरको लागि खेल्दा आफ्नो बुबा सिनियर रोनाल्डोको ‘सिउ’वाला सेलिब्रेसन गर्दा उनी निकै चर्चामा आएका थिए। >
>
हाल पहिलो पटक पोचुगेली टिमका लागि बोलाइए पनि उनले आफू जन्मिएको राष्ट्र संयुक्त राज्य अमेरिका र स्पेनमा पनि रहेर फुटबल खेल्न पाउनेछन्। उनको जन्मको समय रोनाल्डो रियल म्याड्रिडमा रहेर फुटबल खेलिरहेका थिए।>>