सुनसरी । सशस्त्र प्रहरी सुनसरीले लागूओैषध कारोबारीलाई धमाधम पक्राउ गरिरहेको छ। दिउँसो दुईजनालाई पक्राउ गरिएको समाचार प्रकाशन भएलगत्तै पुनः दुई जना लागूओैषध कारोबारीलाई पक्राउ गरेको हो ।>
भारतको बेलाहाबाट माेटरसाइकलमा लुकाएर ल्याउने क्रममा एकजना महिला र एकजना पुरुष गरि दुईजनालाई फेरि नियन्त्रण लिएर सुनसरी प्रहरीले ठुलो सफलता प्राप्त गरेका हुन् ।>
>
सशस्त्र प्रहरी बल बिओपी लाैकहीका प्रमुख प्रहरी निरिक्षक नारायण गाैतमकाे नेतृत्वमा खटिएको माेटरसाइल गस्ती टाेलीले शंका लागेको अवस्थामा प्रदेश नम्बर १-०२-०५७ प २७४९ पल्सर १५० सिसिकाे माेटरसाइकलमा सवार भई भारतीय बजारबाट नेपालतर्फ आईरहेकाे अवस्थामा नाकामा चेकजाँच गर्दा लागूओैषध फेला परेका हुन् ।>
>
पक्राउ पर्नेमा माेरङ जिल्ला केराबारी गाउँपालिका-१० बस्ने वर्ष ३१ काे तेजबहादुर तमाङ र सोही गाउँपालिका- ७ बस्ने बर्ष २७ की फुलमाया लिम्बू शंका लागेको अवस्थामा फेला पारी चेकजाँच गर्दा माेटरसाइकल भित्र सलाइको बट्टामा लुकाएर लागूओषध खैराे हेराेइन जस्तो देखिने पदार्थ कालाे प्लास्टिकमा २.७६ ग्राम र नाइट्राेजन १० थान फेला परेपिछ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।>
>
नियन्त्रणमा लिएको दुवै जनालाई आवश्यक कार्वाहीकाे लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको सशस्त्र प्रहरी सुनसरीका प्रमुख प्रहरी उपरीक्षक निर्मल थापाले बताउनुभयो । वहाँले हाल लागुओैषध काराेबार न्युनिकरण तथा नियन्त्रण गर्न सुनसरीको सिमामा रहेकाे सशस्त्र प्रहरीले कटिबद्ध भएर काम गरिरहेको बताउनुभयो । वहाँले आफुले विशेष तरिकाले काम गरिरहेकोले पछिल्लो समय लागुओैषध काराेबारी धमाधम पक्राउ पर्न थालेको बताउनुभयो ।>
>
>