इजरायली आपतकालीन सेवाले आइतबार राति इरानको आक्रमणमा पाँच जनाको मृत्यु भएको बताएको छ।>
मृत्यु हुनेमा दुई महिला र दुई पुरुष छन्। यस आक्रमणमा घाइते भएका ९२ जनालाई उपचारको लागि अस्पताल पठाइएको छ।>
इजरायली आपतकालीन सेवाले शुक्रबारदेखि इजरायलमा मृत्यु हुनेको संख्या कम्तीमा १९ पुगेको जनाएको छ।>
शुक्रबारदेखि दुवै देशले एकअर्कामाथि आक्रमण गर्न थालेका थिए।>
यसैबीच इरानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा देशभर २२४ जनाको मृत्यु भएको बताएको छ। >
>>>>>