महायज्ञका लागि दलितको घर भत्काएको घटना : गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
८ चैत्र २०८१

विष्णु महायज्ञका लागि मण्डप बनाउने नाममा दलित परिवारको घरमा डोजर चलाएको घटनामा सिराहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका छन्।

दुवैजनालाई शुक्रबार बेलुकी नियन्त्रणमा लिइएको मधेश प्रदेश प्रहरी प्रमुख लालमणि आचार्यले नयाँ पत्रिकालाई जानकारी दिए। उनीहरूसँग सोधपुछ गर्ने काम भइरहेको आचार्यले बताए।

महायज्ञ मूल आयोजक समितिका संयोजकसमेत रहेका गाउँपालिका अध्यक्ष शिवजी र औरही– ५ का पूर्ववडाध्यक्षसमेत रहेका समितिका सचिव दिलीपकुमारको उपस्थितिमा १० फागुनमा दीपक मल्लिक (डोम)को घरमा जेसिबी चलाइएको थियो। महात्यागी भनिने बजरंगी बाबाको निर्देशनमा घर भत्काइएको थियो भने घरले चर्चेको जग्गाको माटोसमेत ताछेर फ्याँकिएको थियो

प्रतिक्रिया