समाजिक सँजाल टिकटकमा छाडापन गतिविधि गर्ने धनुषाका एक टिकटोकरलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । >
>
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार, धनुषाको गणेशमानचारनाथ नगरपालिकाको चितहा लपटोली बस्ने स्थानीय अमित यादवलाई पक्राउ गरिएको हो >
>
धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ८ चितहा लवटोली बस्ने स्थानीय दिनेश यादवको छोरा बर्ष २६ को अमित कुमार यादवलाई सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरबाट पक्राउ गरिएको हो । >
>
यादवले टिकटक जस्ता समाजिक सँजालमा गैर समाजिक कार्य गरेको, अश्लिल तथा अभद्र गालीगलौजहरु गरिएको कुरालाई भिडियो प्रमाणसहित जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषामा पठाएपछि उनलाई पक्राउ गर्न एक्सन लिएको थियो । >
>
टिकटकमा “न्यू स्टार” नाम राखेका दिनेश यादवका छोरा अमित यादवले पछिल्लो समय गालीगलौज, अभद्र भाषा प्रयोग तथा महिलाहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गर्ने गरेका छन्।>
>
प्रत्यक्ष प्रसारण (लाइभ) तथा भिडियोहरूमा निरन्तर नकारात्मक र आपत्तिजनक सामग्री प्रस्तुत गर्दै आएका कारण धेरै प्रयोगकर्ताहरूले उनको कडा आलोचना गरिरहेका छन्। >
>
जिल्ला प्रहरी कार्यालय धनुषाले टिकटोकर अमित यादवसँगै लाईभमा अश्लिल कुराकानी, हकर्त गर्ने अन्य महिला टिकटोकरलाई समेत पक्राउ गर्ने तयारी गरिएको हो । >>
Ramro Kam garnu bho one year jel halnu Paro