धरानमा ठूलो परिमाणमा लागू औषध ट्रामाडोलसहित श्रीमान-श्रीमती पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
२० वैशाख २०८२

अजमल अन्सारी

सुनसरी । सुनसरीक्प धरान उप-महानगरपालिका–१५ स्थित लक्ष्मण मार्गबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ।


विशेष सूचनाका आधारमा खटिएको वडा प्रहरी कार्यालय धरानको टोलीले आज बिहान १ बजे विशाल राईको घरमा डेरा गरी बस्ने धनुषा जनकपुर निवासी २५ वर्षीय राहुल शाह र उनकी २४ वर्षीया श्रीमती लक्ष्मी राईलाई नियन्त्रणमा लिएको हो।


प्रहरीले दुबै जनाको कोठामा खानतलासी गर्दा लुकाईछिपाई राखिएको अवस्थामा ट्रामाडोल ५०५० क्याप्सुल फेला पारेको जनाएको छ। लागू औषध ओसारपसार तथा कारोबारमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


प्रहरीका अनुसार लागू औषध नियन्त्रण ऐनअनुसार उनीहरूविरुद्ध मुद्दा दर्ता गरिने र कार्वाही प्रक्रिया अगाडी बढाउने जनाएको छ । धरानमा पछिल्लो समय लागू औषध सम्बन्धी अपराध बढ्दै गएको भन्दै प्रहरीले कडा निगरानी गरिरहेको जनाएको छ।


प्रतिक्रिया