काठमाडौं : सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स (एसओएचआर)का अनुसार दक्षिणी सिरियामा हालै भएको हिंसामा ५९४ जनाको मृत्यु भएको छ।>
बेलायतस्थित उक्त संस्थाले आइतबारदेखि सुरु भएको हिंसा चरम क्रूरताले भरिएको बताएको हो ।>
एसओएचआरले बिहीबार हिंसामा ड्रुज समुदायका ३०० जनाले ज्यान गुमाएको बताएको छ। यसमा १४६ लडाकु र १५४ जना सर्वसाधारण छन्।>
एसओएचआरका अनुसार १५४ जना सर्वसाधारणमध्ये ८३ जनालाई सरकारी सेनाले मुद्दा चलाउन नदिएर तुरुन्तै मारेको थियो।>
संस्थाले १८ बेदुइन लडाकु र २५७ सरकारी कर्मचारी मारिएको उल्लेख गरेको छ। ड्रुज लडाकुहरूले कुनै मुद्दा बिना नै बेदुइन समुदायका तीन नागरिकको हत्या गरे।>
यसबाहेक इजरायली हवाई आक्रमणमा १५ अन्य सरकारी कर्मचारी मारिएका छन्। इजरायलले ड्रुज समुदायको सुरक्षाका लागि यो आक्रमण गरेको बताएको छ।>
तर बीबीसीले अझैसम्म एसओएचआरको तथ्याङ्क पुष्टि गर्न सकेको छैन।>
>
>>>>>