हात्तीको आक्रमणबाट घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

Jasus Khabar 3925+ समाचार ( )
३० श्रावण २०८२

 झापामा जंगली हात्तीको आक्रमणबाट घाइते एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका १ घर भइ हाल दमक १ मा होटेल व्यवसाय सञ्चालन गर्दै आएकी ४७ वर्षीया सुनिता राई रहेको प्रहरीले जनाएको छ ।

गत साउन ११ गते बिहान करिब सवा ४ बजेतिर  दमक–१ बरगाछीनजिक मर्निङ वाकमा जाँदै गर्दा सुनिता र उनकी बहिनी ४२ वर्षीया कवितालाई हात्तीले आक्रमण गरेको थियो।

यता घाइते कविता उपचार पश्चात्  साउन २५ गते डिस्चार्ज भएकी थिइन् ।

प्रतिक्रिया